कांग्रेस नेता लेखक भने – एमसीसीका कारणले यो गठबन्धन टुट्दैन

काठमाडौं, ४ पुस। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अमेरिकी सहयोगसम्बन्धी सम्झौताका कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने नेपाली कांग्रेसका सांसद रमेश लेखकले बताए । ‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले भने– सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताएका हुन् ।

कांग्रेस नेता लेखकले पाँच दलीय सत्ता गठबन्धनमा चुनौतीहरु आए छलफलबाट व्यवस्थापन गरिनुपर्ने पनि उल्लेख गरे । उनी भन्छन्, ‘सत्ता गठबन्धन भत्किहाल्ने स्थिति छैन, भत्किनु पनि हुँदैन । केही चुनौतीहरु भए पनि त्यसलाई सामना गरेर छलफल सरसल्लाहबाट व्यवस्थापन गरेर अगाडि बढ्नुपर्छ ।’आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल पनि भएको थियो । बैठकले एमसीसी अगाडि बढाउने वा नबढाउने विषयमा ठोस निष्कर्ष निकाल्न सकेन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति