सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिए । ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन ।

वर्षे अधिवेशनभर र हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जनाएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठक पुस ६ गते दिउँसो १ बजे बस्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति