कर्णालीबाटै विसङ्गति हट्नुपर्दछः कृषिमन्त्री शाही

कर्णाली, ४ पुस । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताएका छन् । ‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको छ भने । “सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ”, उनले भने, “यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।”

संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board