३५ खुला केन्द्रीय सदस्यमा देउवा समूहका २४ जना अगाडि

काठमाडौं, ३ पुस ।  नेपाली काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जनाले स्थान बनाएका छन् । बाँकी १० जना शेखर कोइराला प्यानलका केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् भने कृष्णप्रसाद सिटौला निकट एक जना पनि ३५ सदस्यमा अटाएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति