३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।निर्वाचन समितिले खुला केन्द्रीय सदस्यका उम्मेदवारलाई आफैं वा आधिकारिक प्रतिनिधि एकजना मतगणनास्थलमा पठाउन भनेको छ ।खुल्ला सदस्यतर्फको मतगणना भोलि बिहानसम्म सकिने अनुमान गरिएको छ । कांग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतगणना सकिइसकेको छ । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगाण्ना सकिएको हो ।त्यस्तै, पिछडिएको क्षेत्र र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको नतिजा आइसकेको छ । जसअन्तर्गत अर्जुनबहादुर सिंह र चित्रलेखा यादव विजयी भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति