एघार दिनसम्म हाँस्न तथा अरू खुसीयाली मनाउन अनाैठाे प्रतिबन्ध

उत्तर कोरिया, २ पुस । हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन अनाैठाे प्रतिबन्ध उत्तर काेरियामा लगाइएको छ । उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको जनाएका छन् ।

राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि एघार दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड–रक्सी खान नपाउने उल्लेख छ । यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुसी मनाउन पूर्ण रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी पनि दिइएकाे बताइएकाे छ ।

यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औँ पुण्यतिथि परेकोले शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ । सत्र वर्ष उत्तर कोरियामा शासन गरेका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board