जापानको ८ तले भवनमा भीषण आगलागीमा २७ जनाको मृत्यु भएको आशंका

जापान , २ मंसिर । जापानको पश्चिमी क्षेत्रस्थित ओसाका सहरको ८ तले भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ। शुक्रबार ओसाका सहरको ८ तले भवनको चौथो वा पाँचौं तलामा आगलागी भएको जापानको स्थानीय एनएचके ब्रोटकास्टरका अनुसार बताइएको छ ।
यस आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएकामध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो। आगलागी भएको क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको छ । अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी नै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति