पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छः बिजुक्छे

भक्तपुर, २ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिएका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरे ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए । बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको नौ महिनाका गतिविधिको पनि समिक्षा भएको उनले जानकारी दिए । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति