देउवा–प्रचण्डबीच भेटवार्ता : सर्वदलीय बैठक बोलाउन छलफल

काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।आज बिहानको भेटमा प्रचण्डले नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत बधाई तथा शुभकामना प्रदान गरेका प्रचण्डको निजी सचिवालयले जनाएको छ।सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । ‘भेटघाटको क्रममा सदन सुचारु गर्नेलगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,’ सचिवालयले भनेको छ ।प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति