विद्यार्थीलाई विद्यालय मै कोरोना विरुद्धको खोप

काठमाडौं, २ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् ।उनले अन्य ठाउँमा विद्यार्थी बोलाउँदा नआउने सक्ने भएकाले विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना रहेको बताए ।मन्त्री खतिवडाले विद्यार्थीलाई कोरोना विरुद्धको खोप प्रदान गर्न सरकार लागिपरेको बताए । मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन विद्यार्थीलाई आग्रह समेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति