एमालेले हेरफेर गर्यो वरियताक्रम, गोकर्ण र योगेशलाई केही राहत (नयाँ सूचीसहित)

काठमाडौँ, २ पुस, । नेकपा एमालेले पदाधिकारीको वरियताक्रममा केही हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा केहीहेरफेर भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्ताव गरेको भन्दा केही परिवर्तन भएर वरियताको सूची अपानीमा समेटिएको छ ।शुक्रबार एमालेले जारी गरेको अपानीमा सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहेका छन ।

यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेर अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।जुन विषय सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि नेतृत्वको आलोचना भएको थियो । यद्यपी एमालेले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाइ अझै पूर्व माओवादीका नेताहरू भन्दा तल राखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति