लुम्बिनीमा एक दर्जन पसल जले

बुटवल, २ पुस। बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन पसल जलेर नष्ट भएका छन् । गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए ।

त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको बानियाले बताए ।

कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको उनले बताए । त्यहाँ एक सय बढी उपहार पसल छन् । दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति