नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्देश–२: राजनीतिमा शेखरको उदय र परिवर्तनका आशा !

सम्पादकीय : मुलुककै सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेसमा पुस्तान्तरण र परिवर्तनको मुद्दाको नेतृत्व गरेका सभापतिका उम्मेदवार शेखर कोइराला ४० प्रतिशतभन्दा बढीको मताधारसहित पार्टी राजनीतिको शीर्षस्थानमा उदाएका छन् । कांग्रेसको पुस्तैनी वर्चस्वसँग जोडिएको कोइराला परिवारकै सदस्यहरुको असहयोगका कारण भलै उनले पराजय भोग्नु प¥यो, तर उनले उठाएको परिवर्तनकै एजेण्डावाहक प्रकाशमान सिंह र विमलेन्द्र निधिको गठजोडका कारण भएको पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विजय प्राविधिक र अंकगणितीय जीत मात्र सावित भयो । राजनीतिमा चुनाव हारे पनि कतिपय नेताहरुको नैतिक विजय हुन्छ । यस पटकको कांग्रेस महाधिवेशनबाट त्यो नैतिक विजयसहित शेखर कोइराला नेताका रुपमा उदाएका छन् ।
नीतिगत बहसशून्य र केवल नेतृत्व छनौट मात्रमा सीमित रहेको आलोचनाबीच कांग्रेस महाधिवेशनबाट शेखरको उदयले कांग्रेसमात्र हैन सम्रग नेपाली राजनीतिमै सुखद् संचार प्रवाह गरेको ठान्नुपर्छ । त्यसो त शेखर कोइराला, कोइराला परिवारभित्रै र कांग्रेसको केन्द्रीय राजनीतिमा नया“ अनुहार हुन् । यद्यपि सक्रिय राजनीतिमा आवद्ध नहुँदै विशेष गरी १० वर्ष लामो सशस्त्र विद्रोहलाई अन्त गराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अग्रसारितामा शेखरको भूमिका महत्वपूर्ण छ । यथार्थमा शान्ति प्रक्रियामा खलेको सुझबुझपूर्ण र समन्वयकारी भूमिकाका कारण नै उनको सक्रिय राजनीति प्रवेश सफल भएको हो ।
औपचारिक राजनीति प्रवेश स“गस“गै जस्तो भएको कांग्रेसको तेह्रौ“ महाधिवेशनमा शेखर सबैभन्दा बढी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएबाट उनको ग्राह्यता पुष्टि भएको थियो । र, त्यही लोकप्रियताकै बलमा विगत चार वर्षदेखि मुलुकभरका कांग्रेस कार्यकर्ता भेट्न देश दौडाहमा निस्केका थिए उनी । यस अर्थमा कतिपय आलोचनाले घेरिएका देउवालाई सही ठाउ“मा र सही एजेण्डामा ल्याउन केन्द्रीय राजनीतिमा शेखरको प्रतिपक्षीय उपस्थिति हुनु समस्त कांग्रेसजनका लागि खुशीको कुरा बनेको थियो ।


पार्टी सभापति एंव प्रधानमन्त्री देउवालाई ‘करेक्सन’ गर्न शेखर कोइरालालाई गगन थापा, धनराज गुरुङ जस्ता युवा नेताहरुको साथ छ । भलै विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट जितेका भए पनि एजेण्डाका हिसाबले शेखरस“ग निकट छन् । मतदाताहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा शेखरदेखि गगनसम्मका नेताहरुले देउवाको दोस्रो इनिङ्मा आफूहरुले भागवण्डा नखोज्ने तर एजेण्डामा सम्झौता नगर्ने स्पष्ट पारिसकेका छन् ।
भागवण्डाकै कारण आजसम्म गिजोलिएको कांग्रेसको पार्टी जीवनमा शेखर–गगनको अडान कायम रहे देउवा तुलनात्मक प्रगतिशील एजेण्डामा डोरिन बाध्य हुनेछन् । मुलुककै ठूलो र सत्तारुढ दल विधि, पद्धतिमा चल्नु भनेको समस्त लोकतान्त्रिक शक्तिहरुका लागि समेत प्रेरणाको विषय बन्न सक्छ ।


कांग्रेसको राजनीतिमा पुस्तान्तरणको अनुमोदन महामन्त्रीमा युवानेताद्धय गगन थापा र विश्वप्रकाश शर्माको विजयले पुष्टि गरेको छ । धनराज गुरुङ, थापा र शर्माको कांग्रेसको मुख्य पदाधिकारीमा भएको उदयले कांगे्रसको पुस्तैनी र पारिवारिक विरासतलाई समेत व्यवहारत पहिलोपटक अवसान गराइदिएको छ । यो आफैंमा दलीय व्यवस्थामा पार्टी निर्माण पद्धतिका लागि सुखद पक्ष हो ।
तर पनि नेपाली कांग्रेसले लोकतन्त्रको दुहाई दिइरहंदा पनि लोकतन्त्रकै बध गर्ने तहसम्म गिरेको इतिहासका केही नकारात्मक घटना र त्यसकै बाहकलाई शीरमा बोक्नु पर्ने वाध्यताले भने कति लोकतान्त्रिक र परिवर्तनकारी बनउँछ भन्ने कुरा आगामी दिनमा परीक्षण हुने नै छ । यो अभिभारा पूरा गर्ने थापा र शर्माहरुमा सवैभन्दा बढी सुझबुझ र डा. शेखर कोइरालाको सक्रियता र आगामी ५ वर्षसम्म यथावत नेतृत्व आवश्यक पर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board