कांग्रेस महामन्त्रीमा हार्नासाथ मीनेन्द्र रिजालले किन दिए रक्षामन्त्रीबाट राजीनामा ? (पत्रसहित)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्री पदमा हार्नासाथ डा. मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। महामन्त्री पदको मत परिणाम सार्वजनिक हुनासाथ रिजालले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामापत्र बुझाएका हुन्।

उनले त्यसमा महामन्त्रीको मत परिणामले पार्टीमा आफ्नो आधार अत्यन्त संकुचित भएको स्पष्ट भएकाले रक्षामन्त्री पदमा बसिरहनु नैतिक रूपमा ठीक नहुने उल्लेख गरेका छन्।केही बेरअघि सार्वजनिक मतपरिणामअनुसार कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

विजयीद्वय गगनकुमार थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए।शेरबहादुर देउवा पक्षका उम्मेदवारद्वय प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए।त्यसपछि मीनेन्द्र रिजाल छन्। उनले ८०९ ले मत ल्याए भने सबैभन्दा कम राजाराम कार्कीले १०६ मत मात्र ल्याए। विजयी दुईमध्ये थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेका थिए। पराजित रिजाल पनि शेखर प्यानलकै उम्मेदवार थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति