कर्नेल विश्वविद्यालयमा ओमिक्रोन संक्रमण व्यापक


अमेरिका, १ पुष । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड १९ सङ्क्रमण पुष्टि भएको बताएको छ ।विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये ूधेरै उच्च प्रतिशतू पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ ।विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको र केहीले बुस्टर शट पनि लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ । संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ । त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board