नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मतपरिणाम : ठूलो मतान्तरमा थापा र शर्मा विजयी

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा गगन कुमार थापा ३०२३ मत प्राप्त गरि विजयी भएका छन् ।

आज भएको मतगणनामा थापा र विश्वप्रकाश शर्मा आफ्ना प्रतिष्पर्धिभन्दा ठूलो मतान्तरमा विजयी भएका हुन् । गगन थापाले खसेको मतको लगभग दुइतिहाइ नै मत प्राप्त गरे । शेखर कोइराला समूहबाट उठेका थापालाइ जिताउन पूर्वदेखि पश्चिमसम्मका मतदाता उर्लिएको देखियो । महाधिवेशन प्रतिनिधिहरूले प्यानलभन्दा बाहिर गएर दिल खोलेर थापालाइ भोट गरेको देखियो । थापाले ३०२३ मत ल्याए । थापाले आफूसँगै महामन्त्री निर्वाचित भएका विश्वप्रकाश शर्माभन्दा लगभग १२०० मत धेरै ल्याएका छन् ।

अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि ठूलो मतान्तर विजयी भएका छन् । तुलनात्मकरूपमा निकै कमजोर देखिएको प्रकाशमान सिंहको प्यानलबाट चुनावी मैदानमा उत्रिएको शर्माप्रति प्रतिनिधिको असीम माया देखियो । शर्मा देउवा समूहका प्रकाशशरण महत र प्रदीप पौडेलभन्दा ३५० भन्दा धेरै मतान्तरमा विजयी भए ।शर्माले २२४६ मत ल्याए भने उनीसँग दौडिरहेका डा प्रकाशशरण महतले १५५० मत पाए भने प्रदीप पौडेलले १४०९ मत पाए । महत र पौडेल शेरबहादुर प्यानलका उम्मेदवार थिए ।

काँग्रेसको नेतृत्वमा आएका थापा र शर्मालाइ नेपाली राजनीतिको बदलिँदो अबस्थाको प्रतीकका रूपमा हेरिएको छ । बुढाहरूको पार्टि भनेर चिनाइने काँग्रेसको नेतृत्वमा आएका प्रभावशाली युवा नेताहरूका कारण काँग्रेसका आगामी दिन उज्वल बनेको पनि अनुमान गरिन थालेको छ । काँग्रेस उपसभापतिमा पनि युवानेता धनराज गुरूङ विजयी भएका थिए ।


  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति