मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता


क्वालालाम्पुर,२९ मङ्सिर । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ । सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए । घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संग्लग्नहरुले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board