चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमाथि पोखे : अध्यक्ष ओली

काठमाडौं, २९ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए। अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ । सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनले बताए ।

अध्यक्ष ओलीले भने ‘प्रचण्डले यो सेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रुपचाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए । दुई दिनमा सेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन ।

अर्थतन्त्रको केही पनि मतलव छैन । कुन सेयरवालाले चन्दा दिएनन होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तात्थे, माईतीघरले पुग्दैन थियो । सञ्चार माध्यामहरुमा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियेट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता विगार्ने, उता विगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन ।’ अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति