प्रकाशमान सिंहले देउवालाइ बधाई दिए लगत्तै कमेन्ट किन अफ गरे ?

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् ।

पछिल्लो समय नेतृत्व परिवर्तनको नारा बोकेर देउवाको विकल्प खोज्नुपर्छ भन्दै सभापतिमा उम्मेद्धवारी दिएका सिंहले सभापतिको दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएपछि उनको चर्को आलोचना भैरहेको छ । सायद, त्यही भएर होला सिंहले फेशबुकमार्फत देउवालाई बधाई दिँदा कमेन्ट नै अफ गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति