मतदान जारी, अहिलेसम्म ४ हजार मत खस्यो

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसमा सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले जारी छ । मंगलबार राति ८ बजेपछि सार्वजनिक गरिएको मत परिणाम अनुसार अहिलेसम्म ४ हजार १ सय मत खसेको छ । राति १० बजेसम्मका लगि मतदानको समय तय गरिएको छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये सोमबार भएको पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ जनाले मात्रै मतदान गरेका थिए । सोमबारको मतदानपछि गरिएको मतगणनाबाट कुनै पनि सभापतिका उम्मेदवारले ५० प्रतिशत मत ल्यान नसकेपछि दोस्रो चरणमा मतदान गराइएको हो ।सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवार दिएकोमा पहिलो चरणमा उत्कृष्ट मत ल्याउने देउवा र कोइरालाबीच अहिले दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ । सिंह, निधि र गुरुङ तीनैजनाले दोस्रो मतदानमा देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति