भारतका ८ राज्यमा ओमिक्रोन फैलियो, भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं, २८मंसिर । भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नयाँ दिल्लीसहित ८ राज्यमा फैलिएको छ । राजधानी नयाँ दिल्ली, महाराष्ट्र, राजस्थान, कर्नाटक, गुजरात, केरला, आन्ध्र प्रदेश र चन्डीगढमा नयाँ ओमिक्रोन भेरियन्टका सक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज दिल्लीमा ओमिक्रोनका थप ४ संक्रमित फेला परेका छन् । योसँगै भारतभर हालसम्म ४५ जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै २० जना छन् । त्यस्तै, राजस्थानमा ९, दिल्लीमा ६, गुजरातमा ४ र कर्नाटकमा ३ जना ओमिक्रोनबाट संक्रमित भएका छन् । केरला, आन्ध्र प्रदेश र चन्डीगढका १–१ जनामा यो भेरियन्ट देखिएको छ । तर ओमिक्रोनको त्रासबीच भारतमा आज कोभिड–१९ बाट संक्रमित हुनेको दैनिक संख्या झण्डै १९ महिना (५७१ दिन) यताकै कम बिन्दुमा पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board