१२ सयभन्दा बढी मत खस्यो, एक जनालाई मतदान गर्न ५ मिनेट समय

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्।

दिउँसो साढे तीन बजेदेखि सुरू भएको मतदानमा हालसम्म १२ सय मत खसिसकेको निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए।‘एक जना मतदाताले बढीमा ५ मिनेट भित्र मतदान गरिसक्नुहुन्छ। अहिलेसम्म १२ सय प्लस मत खसिसक्यो होला’, उनले भने।पहिलो चरणमा टुंगो नलागेपछि सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्‍पर्धा गर्न लागेका हुन्।

मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ। मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्।राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति