बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु


लण्डन,२८ मङ्सिर । ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,“ प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भनेका छन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका छन् । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिएका थिए । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ ।बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो ’ उनले बताए ।

बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ । यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा एक लाख ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board