काठमाडौं, २८ मंसिर । कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए ।अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २० मत ल्याएका थिए ।
शेखरबाहेक सबै उम्मेदवार देउवाको पक्षमा
प्रतिक्रिया