काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् । पहिलोचरणको चुनावमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला पौडेलको निम्तो मान्न पुगेका हुन् ।पहिलो चरणमा शेखर कोइरालालाई समर्थन गरेका रामचन्द्रले दोस्रोमा के गर्छन् भन्न कौतुहल बाँकी छ । आज चियापानलाई सम्वोधन गर्दा उनले कसैलाई समर्थन जनाएनन् । प्रतिनिधिहरुलाई विवेक प्रयोग गर्न उनल आग्रह गरे ।सो कार्यक्रममा देउवाले पौडललाई महान नेता भन्दै प्रशंसा गरेका थिए । रामचन्द्रजी, तपाईं हामी सबैको नेता हो । भोलिका दिनमा राष्ट्रलाई तपाईंले ठूलो योगदान दिनुपर्नेछ,’ देउवाले पौडेललाई फकाउँदै भनेका छन् ।
पौडेलले पार्टीभित्र सद्भाव कायम गराउन चियापान आयोजना गरेको बताए । उनले भने, ‘यो चुनावी सभा होइन, यहाँ कसैलाई मत मागेर हुने होइन । मतदान भनेको मन जितेर हुन्छ ।’ चुनावको नतिजा जे भए पनि कांग्रेस एक भएर जानुनर्पे पौडेलको भनाइ थियो । पौडेलले थपे, ‘यो महाधिवेशनले मात्रै राजनीति सकिँदैन मैले पनि केही सोचेको छु । राजनीतिमा त्यसै भोटो फटाएको होइन ।’
प्रतिक्रिया