निरन्तर दोहोरो अंकको लाभांश बाँडिरहेको ग्लोबल आईएमई बैंक

काठमाडौं, २७ मंसिर । नेपालकै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आज आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आफ्ना सेयरधनीलाई दिन प्रस्ताव गरेको साढे १३ प्रतिशत लाभांशसहित बैंकको जारी तथा चुक्ता पुँजी बढाउनको लागि प्रबन्धपत्र, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरुमाथि पनि छलफल गरी पारित गरेको हो।

चुक्ता पुँजीका हिसाबले सबैभन्दा ठूलो बैंक मात्र होइन, ग्लोबल आईएमईले लगानीकर्तालाई पनि वर्षेनी राम्रो लाभांश वितरण गर्दै आएको छ। अर्थात् विगत लामो समयदेखि बैंकले सेयरधनीलाई नबिराई हरेक वर्ष दोहोरो अंकको प्रतिशतमा लाभांश दिँदै आएको छ। आर्थिक वर्ष २०७१र०७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बोनस वितरण गरेको थियो।

आर्थिक वर्ष २०७२र०७३ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो। आर्थिक वर्ष २०७३/०७४ मा पनि बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७४/०७५ मा बैंकले सेयरधनीहरूलाई १६ प्रतिशत बोनस वितरण गरेको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीहरूलाई १२ दशमलव ७५ प्रतिशत बोनस र १२ दशमलव ७५ प्रतिशत नगद गरी कुल २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७६ दशमलव ७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको छ। गत आर्थिक वर्षको नाफाबाट योपटक भने बैंकले १३ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो। यस वर्ष पनि दोहोरो अंकको प्रतिशतमा लाभांश बाँड्न लागेको बैंकले ‘ठूलो बैंकको ठूलो मन’ देखाएको छ।

बढ्दै छ नाफा, कस्ता छन् वित्तीय सूचक

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकले ४१ दशमलव ८७ प्रतिशत बढेको हो।

बैंकको खुद ब्याज आम्दानी गत असार मसान्तसम्म ९ दशमलव ४७ प्रतिशत बढेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी १४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ। अब बोनस सेयर वितरण गरेपछि झनै बढ्नेछ। जगेडा कोष १२ दशमलव १५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ पुगेको थियो।

यसैगरी, निक्षेप २६ दशमलव ४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २० दशमलव २६ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ५९ दशमलव ३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ।

झण्डै ४ रुपैयाँले बढ्यो प्रतिसेयर आम्दानी

बैंकिङ कारोबारमा उत्कृष्टता दिइरहेको बैंकको प्रतिसेयर आम्दानी पनि बढिरहेको तथ्यांकले देखाएको छ। बैंकको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ। त्यस्तै चालू आर्थिक वर्षमा पनि बैंकको सूचक राम्रो नै रहेको देखिएको छ। चालू आर्थिक वर्षको ३ महिनामा बैंकले खुद नाफा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ कमाएको छ। वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ।

ग्राहक–लगानीकर्ताका सन्तुष्टिलाई ध्यान दिन्छ बैंक

कुनै पनि बैंकको मुख्य सम्पत्ति भनेकै ग्राहक हुन्। त्यसकारण बैंकले ग्राहकलाई सन्तुष्ट पार्ने गरी आफ्नो सेवा सुविधामा कमी गरेको छैन।

देशविदेशमा समेत शाखा विस्तार गरेर बैंकले वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि पैसा पठाउन सहजीकरण गर्दै आएको छ।

नेपालमा ७६ जिल्लामा २७८ शाखा खोलेको बैंकले २५२ एटीएम, २६२ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी ८ सय ४० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। लाखौँ ग्राहकबाट माया पाएको बैंकले लगानीकर्तालाई वर्षेनी उच्चदरमा लाभांश बाँडेर लगानीकर्ताको मन पनि जित्दै आएको छ। सात वर्षयता बैंकले बाँडेको उच्च दरको लाभांश यसैको उदाहरण हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति