गभर्नर अधिकारीले बुझाए सम्पत्ति विवरण यस्तो छ सम्पत्ति

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । गत चैत २४ गते गभर्नर भएका अधिकारीको सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको छ ।

उनले आफ्नो सम्पत्ति विवरणमा विभिन्न १० स्थानमा जग्गा रहेको देखाएका छन् । जसमध्ये ललितपुरको साविकको सैंवु गा.वि.समा १४ रोपनी र मकवानपुरमा २ कट्ठा जग्गा आफ्नो नाममा रहेको देखाएका छन् । बाँकी जग्गा उनकी श्रीमती सरिता अधिकारीको नाममा रहेको रहेको छ ।

उनले ललितपुरको जग्गा विराटनगरमा रहेको घरजग्गा विक्री, सापटी तथा वचतको प्रयोग गरी खरिद गरेको बताएपनि खरिद मूल्य भने खुलाएका छैनन् ।

उनी बस्दै आएको ललितपुरको घर उनकी श्रीमती सरिताको नाममा रहेको तथा २०५९ सालमा सञ्चयकोष, बैंक ऋण र वचतको प्रयोग गरी निर्माण गरिएको अधिकारीको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

घर भएको जग्गाको क्षेत्रफल २२ वर्गफिट रहेको छ । झापाको सुरुङ्गामा श्रीमती सरिताको नामा तीन ठाउँमा जग्गा रहेको र उक्त जमिन वकस पास गरेको बताइएको छ ।

यसैगरी गभर्नर अधिकारीसँग करिब २७ तोला सुनका गरगहना रहेको छन् । ४ लाख ५५ हजार खरिद मूल्य रहेको उक्त सुन पैतृक, विवाह र खरिद मार्फत प्राप्त भएको विवरणमा उल्लेख छ । यसैगरी उनीसँग ५० तोला चाँदी र १८ हजार रुपैयाँ नगद रहेको देखाइएको छ ।

यसैगरी अधिकारीसँग विभिन्न बैंक सहकारीमा अधिकारी र सरिता र उनका छोरा सौगातको नाममा १ लाख ६३ हजार ७६३ रुपैयाँ नगद मौज्दात रहेको छ ।

अधिकारीसँग २ हजार २०२ अमेरिकी डलर बराबरको विदेशी मुद्रा र नागरिक लगानीकोषको अवकास कोषमा अधिकारीको नाममा १२ लाख २४ हजार ६०० रहेको देखाइएको छ ।

गभर्नर अधिकारी, श्रीमती सरिता र उनका सन्तानका नाममा विभिन्न कम्पनी तथा बैंक वित्तीय संस्था ५६ हजार २१३ कित्ता सेयर र नविल व्यालेन्स फण्ड २ को १ लाख ८० हजार कित्ता सेयर रहेको सम्पती विवरणमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति