साँझ ७ बजेसम्म २८ सय मत खस्यो : थपिएको समयमा पनि नसकिने

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशन अन्तर्गत सोमबार बिहानदेखि जारी मतदान प्रक्रिया अझै जारी छ।निर्धारित समय साँझ ५ बजेसम्म मतदान नसकिएपछि चार घण्टा समय थपिएको छ। तर थपिएको समय राति ९ बजेसम्म पनि मतदान सकिने सम्भावना कम हुँदै गएको छ। निर्वाचन समितिका अनुसार साँझ ७ बजेसम्म २८ सय मत खसेको छ।

अझै करिब २ हजार मत खस्न बाँकी रहेको छ।बिहान ११ बजेर २३ मिनेटदेखि सुरु भएको मतदान यसअघि निर्धारित समय साँझ ५ बजेसम्म नसकिएपछि राति ९ बजेसम्मलाई समय थपिएको थियो। तर त्यो समयसम्म पनि नसकिने अवस्था आएपछि अर्को समय थप्ने योजना समितिले बनाएको छ।कांग्रेसमा यसअघि सोमबार बिहान ८ बजेदेखिको मतदान तालिका थियो।

तर झण्डै साढे ३ घण्टापछि नेता कुलबहादुर गुरुङले ११ बजेर २३ मिनेटमा पहिलो मत हालेका थिए। मतदानको बीचमा मतपत्र सकिने गरेकाले समय अझै लम्बिएर मध्यरातमा पुग्ने अवस्था आएको छ। यसअघि आधा मतदान भइसकेको अवस्थामा मतपत्र सकिएपछि एक पटक मतदान रोकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए।

कांग्रेसले भृकुटीमण्डपमा दुई ठाउँ र राष्ट्रिय सभागृहमा एक ठाउँलाई मतदान केन्द्र बनाएको छ। जारी महाधिवेशनमा सभापतिसहित विभिन्न पदमा मतदानका लागि २९ वटा कागजका मतपपत्र बनाइएको छ।महाधिवेशन प्रतिनिधिहरुले मतपेटिका बनाइएको पानी हाल्ने ट्यांकीमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले मतपत्र खसाइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति