सभापति उम्मेदवार देउवा र कोइरालाले गरे मतदान

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवारद्वय शेरबहादुर देउवा र शेखर कोइरालाले मतदान गरेका छन्। काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा देउवाले सुदूरपश्चिम बुथ र कोइरालाले प्रदेश नम्बर १ को बुथबाट मतदान गरेका हुन्। राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गरेका हुन्। सभापतिका लागि देउवा र कोइरालाबाहेक बिमलेन्द्र निधी, कल्याण गुरूङ र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति