कांग्रेसको महाधिवेशन बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेन

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । बिहान ८ बजेबाट सुरु हुने भनिए पनि मतदान अहिलेसम्म सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलो हुँदा मतदान सुरु हुन ढिलो भएको हो । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।मतदान पश्चात् आजै सभापतिको मतगणना सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति