काठमाडौँ, २६ मंसिर । नेपाली काँग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधिमा २ पदाधिकारी र ५५ सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य तेज रावलले ५६ जनाको मात्र उम्मेदवारी फिर्ता भएको जानकारी दिए ।उनका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै अरु ५५ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउनेछन् ।शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा प्रतिस्पर्धामा रहने निश्चित भएको छ । दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा।चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा।मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा।राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् ।
सभापति
युवराज न्यौपाने
सहमहामन्त्री
सुरेन्द्रप्रसाद चौधरी
सदस्यहरु
१. जंगीलाल राय प्रदेश २
२. संजयकुमार यादव मधेशी
३. गोविन्दराज बोहरा सुप
४. मीन विश्वकर्मा दलित
५. सीताराम महतो मधेशी
६. जुनाकुमारी दानी खसआर्य
७. दीपक अधिकारी खसआर्य
८. भीमार्जन आचार्य खुला
९. इन्दिरा थापा प्रदेश १
१०. गणेशकुमार मण्डल मधेशी
११. विना पौडेल महिला
१२. भक्तबहादुर बलायर
१३. माया राना जनजाति
१४. गोपीलाल विक दलित
१५. मीनाकुमारी थापा महिला
१६. विष्णु पौडेल खसआर्य
१७. अनु गुरुङ जनजनति
१८. शकुन्तला थापा महिला
१९. महेशकुमार कोर्मोचा आदिवासीजनजाति
२०. सिंहबहादुर राना जनजाति
२१. संगीता मण्डल खुला
२२. सीता पौडेल
२३. कमलप भुसाल लुम्बिनी प्रदेश
२४मेशकुमार बस्नेत,
२५खसआर्य माधवप्रसाद आचार्य, लुम्विनी प्रदेश
२६. केशवबहादुर चन्द, सुप प्रदेश
२७. विमल धमला, दलित (निरबहाद्र विक)
२८. राजुराज जोशी, वाग्मती प्रदेश २९. गजेन्द्रबहादुर हमाल, लुम्विनी
३०. रवीन्द्रमान श्रेष्ठ खुला
३१. दामोदर भुसाल खुला
३२. हरिमोहन भण्डारी खसआर्य
३३. गणेशबहादुर खत्री अपांग
३४. लोकप्रसाद संग्रोला खस
३५. महेश नेपाली दलित
३६. बाला अधिकारी खुला
३७ मुरारीप्रसाद आचार्य, खुला
३८. डा खगेन्द्र पाण्डव अधिकारी, खुला
३९. देवराज भट्टराई, अपांग
४०. टेकनारायण महतो थारु
४१. राजेन्द्र जैसवाल मधेशी
४२ पार्वती शाह, खसआर्य
४३. इस्तियाक मोहमद खाँ
४४. वीरवल राई, प्रदेश १
४५. केशव थापा, खुला
४६. माया क्षेत्री बराल कार्की, खस
४७. भूमिप्रसाद राजवंशी, आदिवासी जनजाति
४८. प्रकाश महर्जन, आदिवासीजनजाति
४९. रोहित विश्वकर्मा, दलित
५०. टेकनारायण पाण्डे, अपांग
५१. देवीप्रसाद चौधरी, थारु
५२. उत्तमप्रसाद चापागाई खुला
५३. युवराज गुरुङ, आदिवासी जनजाति
५४. तिलप्रसाद सुब्बा, जनजाति
५५. राजेन्द्रबहादुर गोर्खाली (राजु) खुला
प्रतिक्रिया