सिंहको प्यानलबाट मैदानमा रहेकी सुजाताले शेखरसँग भोट माग्दै यसो भनेपछि‘

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका उम्मेदवारहरुले भोट मागिरहेका छन् । सो पार्टीकी नेतृ सुजाता कोइरालाले उपसभापतिका लागि सभापतिका उम्मेदवार रहेका शेखर कोइरालासँग भोट मागेकी हुन्।प्रकाशमान सिंहको खेमाबाट उपसभापतिमा उम्मेदवारी दिएकी सुजाताले शेखरको सम्पर्क कार्यालय रहेको अनुपम फुडल्याण्डमा गएर भोट मागेकी हुन् ।शेखरसँगको कुराकानीबारे उनले भनिन्, ‘शेखर दा सहयोग गर्नुपर्‍यो भने उहाँले हुन्छ, शुभकामना भन्नुभो । व्यस्त भएकाले लामो कुरा भएन ।’सुजाताले भोट माग्दा अन्य कार्यकर्ताले सभापतिमा शेखरलाई भोट हाल्ने भए भोट दिने प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारको एउटै खेमा हुने अनुमान गरिएको थियो ।
तर, अन्तिम समयमा आएर सुजाताले समूह परिवर्तन गरेकी छिन् । यसअघि कोइराला परिवारको राजनीतिक भेटघाटमा सुजाता सहभागी हुने गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति