पहिलो चरणमै विजयी हुन्छु : सभापति देउवा

काठमाडौं, २५ मंसिर।   कांग्रेसको दोस्रो पटक नेतृत्व लिन सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवाले आफू पहिलो चरणमै विजयी हुने विश्वास व्यक्त गरेका छन् । सभापतिमा ६ जना प्रतिस्पर्धी छ । विजय हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्ने कांग्रेस विधानको व्यवस्था भएकाले देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा धेरै मत ल्याउने दाबी गरेका हुन् ।

उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पक्कै पार्टीको बहुमत आउने दाबी गरे।

सभापतिका अर्का उम्मेदवार डा शेखर कोइरालाले सङ्घीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने बताए । पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउने उनले बताए ।

सभापतिका अर्का उम्मेदवार पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताए। “देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ”, उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति