कांग्रेस महामन्त्रीमा युवा पुस्ताबीच भीडन्त, को कति शक्तिशाली ?

काठमाडौं, २५ मंसिर।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेताहरुको आकर्षण देखिएको छ। उनीहरुले विभिन्न प्यानलबाट उम्मेदवारी दिएका हुन्।शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदिप पौडेलले उम्मेदवारी दिएका छन्।देउवा प्यानलबाट विद्रोह गरेका विश्वप्रकाश शर्माले भने अन्तिममा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट विद्रोह गर्दा उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिने चर्चा चलेको थियो।त्यस्तै कोइरालाको प्यानलबाट गगन थापा र डा मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन्। त्यस्तै विमलेन्द्र निधीको प्यानलबाट राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। संस्थापन इतर समूह तित्तरवित्तर हुँदा महाधिवेशनको मुखमा कृष्ण सिटौलाको समर्थनले संस्थापन पक्ष बलियो देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति