कांग्रेस महाधिवेशन : ६ जना बने सभापतिको उम्मेदवार, मुख्यप्रतिस्पर्धा को होला ?


काठमाडौं, २५ मंसिर।   नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा। शेखर कोइराला, केन्द्रीयि सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् ।

अहिले पाँच बजेपछि उम्मेदवार दर्ताको समय सकिएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।
सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ । ६ जना उम्मेदवार भए पनि मुख्यप्रतिस्पर्धा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच हुने देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति