एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो ।एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए ।नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति