कांग्रेस सभापतिमा चार जनाको प्रतिस्पर्धा (कसको टिमबाट को सूचीसहित)

काठमाडौं, २५ मंसिर।  कांग्रेस सभापतिमा चार जना जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। हालका सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि चार जनाले सभापतिमा भिड्ने भएका हुन्। सभापतिमा शेरबहादुर देउवाले प्यानल बनाएका छन्। उनको समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। यसैगरी, महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्। पौडेल नेता कृष्णप्रसाद सिटौला समूहबाट आएका हुन्।सहमहामन्त्रीमा महिलाबाट डिना उपाध्याय, जनजातिमा भीष्मराज आङ्देम्बे, मधेसीमा महेन्द्र यादव, खसरआर्यमा किशोरसिंह राठौर, थारूमा उमाकान्त चौधरी, मुस्लिममा फर्मुल्लाह मन्सुर, पिछडिएकोमा जीवनबहादुर शाही र दलितमा मानबहादुर विश्वकर्मा छन्।

यस्तै, शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी परेको छ।

यस्तै, सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट विकास लामा र तेजुलाल चौधरीको टुंगो लागेको छ।
अर्का नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा छन्।

नेता विमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निधिको टिमको पदाधिकारीको नाम भने खुलेको छैन। यसैगरी, सभापतिमा नेता कल्याण गुरुङले र युवराज न्यौपानेले पनि उम्मेदवारी दिएका छन्। १३ औं राष्ट्रिय महाधिवेशनमा कांग्रेसमा तीन जना सभापतिका उम्मेदवार बनेका थिए। देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिमा लडेका थिए। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा सिटौलाले समर्थन गरेपछि देउवाले जितेका थिए। १४ औं महाधिवेशन आइपुग्दा नेताहरूबीच सभापतिमा आकांक्षी बढेपछि सहमति हुन सकेन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति