काठमाडौं, २५ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन् ।पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताए । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गरेका हुन् ।
ओलीले भने – अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइदैन । सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरि होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ ।
प्रतिक्रिया