कांग्रेस उपसभापतिमा महेश आचार्य दिए उम्मेदवारी

काठमाडौं, २५ मंसिर। महेश आचार्यले नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रीय सदस्य आचार्यले आज दिउँसो उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।हालसम्म कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् भने मानबहादुर विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । अहिले मनोनयन जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति