संस्थापन पक्षले प्रदेश र समावेशीतर्फका केन्द्रीय सदस्यको उम्मेदवार टुंगो लागायो (को काहाँबाट नामसहित)

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत निर्वाचनका लागि संस्थापन पक्षले प्रदेशस्तरीय र समावेशी तर्फका केन्द्रीय सदस्यका उम्मेदवारहरूको टुंगो लगाएको छ । संस्थापनले सबै सात प्रदेश तथा समावेशी तर्फका उम्मेदवारहरूको टुंगो लगाएको हो ।प्रदेश १ मा अमृत अर्याल (मोरङ), आनन्द सन्तोषी राई (धनकुटा) र महिलातर्फ महिन्द्र लिम्बू (झापा) लाई उम्मेदवार बनाइने भएको छ । यस्तै प्रदेश २ बाट रमेश रिजाल (पर्सा), आनन्द ढुंगाना (धनुषा) र महिलामा चित्रलेखा यादव (सिरहा) उम्मेदवार बनाउने निर्णय भएको छ ।

वागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (काठमाडौं), ध्रुव अधिकारी (नुवाकोट) र महिलामा उर्मिला केसी (ललितपुर)बाट उम्मेदवार बन्ने भएका छन् । गण्डकीबाट ध्रुव वाग्ले (तनहुँ), सोभियतबहादुर अधिकारी (कास्की), र महिलामा सरस्वती तिवारी (स्याङ्जा), लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी (गुल्मी) र महिलामा शिला शर्मा खड्का (दाङ)लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

कर्णालीमा कर्णबहादुर बुढा (डोल्पा), राजीवविक्रम शाह (जाजरकोट) र महिलामा जानकी सिंह (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेश सदस्यमा डा. रणबहादुर रावल (कैलाली), यज्ञराज जोशी (कञ्चनपुर) तथा महिलामा सुशीला भट्ट (कैलाली)लाई उम्मेदवार बनाइने भएको छ ।प्रदेशबाट दुइ पुरुष र एक महिला सदस्य बन्ने प्रावधान विधानमा छ । मुस्लिमतर्फको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक (रुपन्देही), अब्दुल सतार (गोरखा) र सुविदा खातुन (बर्दिया)लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

पीछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह (बझाङ)लाई उम्मेदवार बनाउने निर्णय गरिएको संस्थापन पक्षका नेताहरूले जनाएका छन् । यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार (ओखलढुंगा)लाई उम्मेदवार बनाउने निर्णय संस्थापन पक्षले गरेको छ । अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ (भक्तपुर)लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board