महामन्त्री उम्मेदवार बनाउन माग गर्दै बालुवाटारमा धर्ना

काठमाडौं, २५ मंसिर । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई महामन्त्री उम्मेदवार बनाउन माग गर्दै बालुवाटारमा महाधिवेशन प्रतिनिधि तथा पदाधिकारी धर्ना दिएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट एनपी साउदलाई महामन्त्री पदमा उम्मेदवार बनाउन उनीहरूले शनिबार बिहानदेखि धर्ना दिएका हुन्। धर्नामा देशभरका करिब ३०० महाधिवेशन प्रतिनिधि, विभिन्‍न जिल्लाका सभापति तथा पदाधिकारी सहभागी भएका छन्।

नेपाल विद्यार्थी संघको सभापति र दुई-दुई पटक केन्द्रीय सदस्य भइसकेको व्यक्तिलाई महामन्त्री बनाउनका लागि रोक्‍न नमिल्ने उनीहरूले बताइरहेका छन्।

सभापति देउवाको प्यानलमा सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृह मन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेता पनि महामन्त्रीका दाबेदार हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति