काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको हो । अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन ।शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।
प्रतिस्पर्धाबाट रामचन्द्र बाहिरिए– शेखर सभापति, गगन महामन्त्रीको उम्मेदवार
प्रतिक्रिया