पौडेलले उम्मेदवारी नदिने, राजनीतिबाट सन्यास पनि नलिने

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्।आज (शनिबार) बिहान आफ्नै निवास बोहराटारमा बसेको आफूपक्षीय नेताहरुको बैठकपछि उनले उम्मेदवारी नदिने निर्णय गरेका हुन्।

आफ्नो समूहबाट सभापतिको उम्मेदवार सर्वसम्मत चयन हुन नसकेपछि पौडेलले सभापति नलड्ने निर्णय गरेका हुन्। यद्यपि, राजनीतिबाट सन्यास भने नलिने बताएका छन्। यसअघि उनले सर्वसम्मत उम्मेदवार नभए राजानीतिबाटै सन्यास लिने घोषणा गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति