देउवालाई समर्थन : गोपालमानले छोडे सभापतिको दाबी

काठमाडौं, २५ मंसिर ।  नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवा समूहकै नेता श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए ।

अन्तिममा आएर श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णय पुगेका छन् । शनिबार (आज) बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए ।

श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।श्रेष्ठले भने, हामीले जित्नु पर्छ । हामी जित्ने कुरामा म जहाँ बसेर पनि काम गर्न तयार छु ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति