काठमाडौँ, २४ मंसिर । कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा खुलासत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् ।‘साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल हो, यो अन्तिम प्रयास हो, अब जे हुन्छ, त्यही हुन्छ,’ एक केन्द्रीय सदस्यले भने ।सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । कोइरालाद्वयले पौडेलको नाममा सहमति गरेर साझा उम्मेदवार चयन गर्न सकिने बताए पनि सिंहले अडान नछोडेपछि साझा उम्मेदवार चयनको विषय अन्योल बनेको हो ।
उम्मेदवार चयनको विषय अन्योल : पौडेल समूह फेरि छलफलमा
प्रतिक्रिया