भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ : अध्यक्ष ओली

काठमाडौं, २४ मंसिर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल धेरै अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ओलीले राणा शासन देखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाल धेरै अघि बढेको बताउनुभएको छ ।

‘नेपाल जहाँ छ त्यही छ अघि बढेन भन्ने कुरा सत्य होइन’ ओलीले भन्नुभयो ‘राणा शासन देखि हालसम्म धेरै परिवर्तन भएका छन् । नेपाल धेरै अघि बढेको छ । ’ एमाले ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र सपना नराख्न आग्रह गरे ।

आज पनि नेपालका नागरिकहरूले नागरिक स्वाभिमान बिर्सने, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त निराधार सिद्धान्त र नागरिक स्वाभिमानविपरीतका सिद्धान्त हुन्,’ ओलीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति