माग सम्बोधन हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं– महन्थ ठाकुर

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । थरुहट–मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरले बताए ।लोसपाका अध्यक्ष ठाकुरले भने, ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति