बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँ : सिपी मैनाली

काठमाडौं, २४ मंसिर । नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् ।काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए ।

आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे ।देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेको उनको आरोप थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति