नेता निधिले भने – देउवाले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे म मान्न तयार छु

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् ।

अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् । निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।निधिले अघि भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति