सभापतिमा साझा उम्मेदवार खोज्दै नेताहरू पौडेल निवासमा

काठमाडौं, २४ मंसिर ।  कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालिसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति